Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • राजस्व छली ल्याइएका ६४ थान मोवाइल सेट सहित एक जना प्रकाउ

    राजस्व छली ल्याइएका ६४ थान मोवाइल सेट सहित एक जना प्रकाउ

    अनलाइन नेपाल
  • आइतबार, १२ असार २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । राजश्‍व छली गरिए ल्याइएका ६४ थान मोवाइल सेट सहित एक जनालाई प्रहरीले प्रकाउ गरेको छ ।

    मोबोटोक प्राइभेट लिमिटेड सामसुङ मोबाइल पसलमा राजश्व छली गरी बिभिन्न कम्पनीको मोबाइलहरु बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त जनसेवा र नयाँ बानेश्‍वरबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले मोवाईल वरामद गरेको हो ।



    मोबाइल पसलमा चेकजाँच गर्दा काउन्टर भित्र लुकाई छिपाई राखेको अवस्थामा मोबाइल सेटहरु फेला परेको र विल माग गर्दा कागजातहरु नभए पछि बरामद गरी पसल सञ्‍चालक धादिङ ज्वालामुखी गाउँपालीका घर भएका प्रदीप दुवाडीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।



    पक्राउ परेका दुवाडीलाई बरामद सामानसहित थप अनुसन्धानका लागि राजश्‍व अनुसन्धान विभाग ललितपुरमा पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार