Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेकपा एसको केन्द्रीय परिषद् बैठकमा देश तथा विदेशबाट १५ सय बढीको सहभागिता रहने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठकको सोमबार उद्घाटन हुने भएको छ ।

प्रज्ञा भवन, कमलादीमा अध्यक्ष माधवकुमार नेपालले सोमबार बिहान साढे ११ बजे बैठकको उद्घाटन गर्ने छन् ।

बैठकमा देश तथा विदेशबाट समेत गरी १५ सय भन्दा बढीको सहभागिता रहने एकीकृत समाजवादीले जनाएको छ ।

एकीकृत समाजवादीले पहिलो पटक केन्द्रीय परिषद्को बैठक बोलाएको हो । बैठकमा स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय कमिटी सदस्य, केन्द्रीय विभाग सदस्य, जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय सल्लाहकार लगायतका सदस्य स्वतः सदस्य हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077