काठमाडौं । शुक्रबार राति दिलमायाले फेसबुकमा स्टाटस लेख्दै आफूलाई बाँच्न गाह्रो भएको र आफ्नो मृत्युमा कसैलाई दोष नदिनु भनेकी दोहोरी गायिका दिलमाया सुनारको मोबाइल फेलापरेको छैन ।
प्रहरीका अनुसार शनिबार बिहान पौने ११ बजे उनी कोठामै मृत फेलापरेकी थिइन् । सुर्खेत घर भएकी उनले शुक्रबार राति ‘काठमाडौंमा आफूलाई बाँच्न गाह्रो भएको’ भन्दै सामाजिक सञ्जालमा स्टाटस पनि लेखेकी थिइन् ।
घटनाबारे प्रहरी अनुसन्धान जारी छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार घटना शंकास्पद छ ।
उनले भने, “मृतकको मोबाइल भेटिएको छैन । स्टाटस पनि लेखिएको छ । तर, मोबाइल नभेटिँदा शंका गर्ने ठाउँ छ । मोबाइल खोजिरहेका छौँ । अहिले सबै भन्न मिल्ने अवस्था छैन ।” मृत्युको घटना अनुसन्धानका क्रममा प्रहरीले सूर्य श्रेष्ठलाई पक्राउ गरेको छ ।
Leave a Reply