Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसले बेलारुसलाई आणविक हतियार उपलब्ध गराउने

एजेन्सी । रुसले बेलारुसलाई आणविक हतियार बोक्न सक्ने मिसाइल प्रणाली उपलब्ध गराउने भएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसका आफ्ना समकक्षीलाई मस्कोले मिन्स्कलाई उक्त मिसाइल प्रणाली उपलब्ध गराउने बताएको रुसी विदेश मन्त्रालयले जनाएको छ ।

आफ्ना छिमेकीहरू लिथुआनिया र पोल्याण्डको ‘द्वन्द्वात्मक’ र ‘घृणित’ नीतिहरूको बारेमा चिन्ता व्यक्त गर्दै बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्कोले पुटिनसँग सहयोगका लागि अनुरोध गरेका थिए ।

त्यसको जवाफमा पुटिनले लुकासेन्कोलाई बेलारुसको रुसी निर्मित एसयू-२५ अपग्रेड गर्न सकिने आश्वासन दिए । बैठकबारे विदेश मन्त्रालयले पुटिनलाई उदृत गर्दै भनेको छ, ‘हामी बेलारुसलाई इस्कन्डर-एम रणनीतिक मिसाइल प्रणाली हस्तान्तरण गर्नेछौं, जसले ब्यालिस्टिक र क्रूज मिसाइलहरू दुवै परम्परागत र आणविक भर्सनमा प्रयोग गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077