Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुईतले घरको छतबाट लडेर महिलाको मृत्यु

महोत्तरी । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको जलेश्वर नगरपालिका–४ सुगागाउँ घर भएकी २६ वर्षीया पुनम महतो रहेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनी गौशाला–५ स्थित दिनेश यादवको घरमा डेरा लिई बस्दै आएकी थिइन् ।

शनिबार राति छतमा सुकाएका कपडा लिन गएकी महतोको छतबाट लड्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077