Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसी सेनाले पूर्णरुपमा कब्जामा लियो युक्रेनी सहर सेभेरोदोनेत्स्क

एजेन्सी । हप्तौंको लडाइँपछि युक्रेनी सहर सेभेरोदोनेत्स्क रुसी सेनाले पूर्ण रूपमा कब्जा गरेको छ । युक्रेनका लागि यो सबैभन्दा ठूलो धक्का हो ।

सेभेरोदोनेत्स्क शहरका मेयर ओलेक्सान्डर स्ट्राइकले सहरलाई पूर्ण रूपमा रूसीहरूले कब्जा गरेको जानकारी दिए ।

एजोट केमिकल प्लान्टमा रुसी गोलाबारीबाट लुकेका कैयौं व्यक्तिले अहिले उक्त स्थान खाली गर्न थालेका उनले बताए ।

उनका अनुसार ती व्यक्तिहरूलाई चिकित्सा र मनोवैज्ञानिक सहयोग आवश्यक छ । यी मानिसहरूले आफ्नो जीवनको लगभग तीन महिना बेसमेन्टमा बिताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077