काठमाडौं । दोहोरी गायिका दिलमाया सुनार नेपालटारस्थित डेरामा मृत भेटिएकी छन् । शनिबार पौने ११ बजे उनी कोठामै मृत अवस्थामा फेला परेकी हुन् ।
प्रहरी वृत्त बालाजुका अनुसार सुर्खेत घर भएकी उनले शुक्रबार राति काठमाडौंमा आफूलाई बाँच्न गाह्रो भएको भन्दै सामाजिक सञ्जालमामा स्टाटस पनि लेखेकी थिइन् ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । उनको मृत्युको घटना अनुसन्धानका क्रममा प्रहरीले सूर्य श्रेष्ठलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार शूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेको थाहा भएको छ ।
Leave a Reply