काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच आज पार्टी एकीकरण हुँदैछ ।
बबरमहलस्थित लोसपाको केन्द्रीय कार्यालयमा एकीकरण घोषणा कार्यक्रम आयोजना गरिएको हो ।
आज दिउँसो साढे २ बजे पार्टी एकता कार्यक्रम हुने लोसपा केन्द्रीय कार्यालयले जनाएको छ ।
पार्टीले आगामी संघीय निर्वाचनको लागि पनि अन्य दलसँग गठबन्धनको तयारी गरिरहेको छ । लोसपा जसपाबाट विभाजित भएर मधेसको राजनीतिमा क्रियाशील छ ।
Leave a Reply