काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाली क्रिकेट विकासका लागि सधैँ सहयोग गर्न तयार रहेको बताएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आर्थिक नियन्त्रण पूर्ण रुपमा हटाएसँगै क्यानमाथिको सम्पूर्ण निलम्बन फुकुवा भएको छ । यस बारे शनिबार आईसीसीका प्रतिनिधिले नेपाल माथि लगाएको आंशिक आर्थिक नियन्त्रण फुकुवा भएको औपचारिक जानकारी गराएको हो ।
आईसीसीका प्रतिनिधि इमरान ख्वाजाले नेपालले पूरा गर्नु पर्ने सबै प्राबधान चरणबद्ध तरिकाले पूरा गरेको भन्दै फुकुवा भएको बताए ।
साथै सरकारी स्तरबाट पनि नेपाली क्रिकेटमा टड्कारोको रुपमा रहेको भौतिक पूर्वाधारका लागि सरकारले चासो देखाएको इमरान ख्वाजा सकारात्मक देखिएका थिए ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको थियो ।
Leave a Reply