Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हाम्रै कारणले तेलको मूल्य फिर्ता भयो : सुनिता बराल

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुले घोषणा गरेका सम्पूर्ण कार्यक्रम स्थागित गरेको छ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले आज शनिबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् विज्ञप्ति जारी गर्दै अनेरास्ववियुको निरन्तरको खबरदारीपछि सरकारले आफ्नो कम सच्याएको भन्दै अब सो विषयमा निर्धारण गरिएका विरोध कार्यक्रमहरू रद्द भएको जानकारी गराएकी हुन्।

सरकारले शनिबार पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ कर कटौती गर्दै मूल्य घटाएको हो। घटाइएको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ।

अब पेट्रोल प्रतिलिटर १ सय ७९ र डिजेल १ सय ६३ रुपैयाँ पुगेको छ। यसअघि आजै बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले महँगी नियन्त्रणका लागि पेट्रोलियमको मूल्य घटाउन सरकारलाई निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077