Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • आयल निगमले घटायो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य , प्रतिलिटर कति पुग्यो ?

    आयल निगमले घटायो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य , प्रतिलिटर कति पुग्यो ?

    अनलाइन नेपाल
  • शनिबार, ११ असार २०७९
  • 1.2K
    SHARES

    फाइल तस्बीर

    काठमाडौं । सत्ता गठबन्धन पार्टीले सरकारलाई मूल्य घटाउन निर्देशन दिएसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

    निगमले राती १२ बजेदेखि लागू हुने गरेर मूल्य घटाएको हो । आज बिहान बसेको सत्ता गठबन्धन दलले सरकारलाई मूल्य घटाउन निर्देशन दिएको थियो ।



    उक्त निर्देशनसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पत्रकार सम्मेलन गर्दै पेट्रोल प्रतिलिटर २० र डिजेल प्रतिलिटर २९ रुपैयाँले घटाउने जानकारी दिएका थिए ।



    उद्योगमन्त्री बडूको उक्त घोषणासँगै निगमले विज्ञप्ति निकाल्दै मूल्य समायोजन गरेको जानकारी दिएको हो । यससँगै, पेट्रोलको मूल्य प्रतिलिटर १७९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ कायम भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार