Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेता कार्यकर्तालाई पार्टीको अहित हुनेगरी जथाभावी बोल्दै नहिँड्न अध्यक्ष नेपालको निर्देशन

कामाडौं । पार्टीको चौथो केन्द्रीय कमिटीको बैठकलाई संवोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका नेता कार्यकर्तालाई पार्टीको अहित हुनेगरी बाहिर जथाभावी बोल्दै नहिँड्न निर्देशन दिएका छन् ।

कुनै पनि कुरा राख्नुपरेमा पार्टीको बैठक राख्न र बाहिर अभिव्यक्त नगर्न आग्रह गरे । नेता नेपालले कमजोरीहरूलाई सुधार गर्न आलोचना र सुझाव पनि दिनुपर्ने बताए ।

उनले भने–‘हामी लकिरको फकिरको रुपमा हिँड्न पाइँदैन । कमिटीभित्र शालिन रुपमा, संयमित रुपमा आफ्ना कुराहरु राख्न पाइन्छ ।

विचारको विषय छ भने त्यो पनि राख्न पाइन्छ । संगठनसँग जोडिएको कुरा छ भने त्यो पनि राख्न पाइन्छ ।’ उनले पार्टीप्रतिको सकारात्मक वा नकरात्मक कुराहरुलाई पार्टी कमिटीभित्र राख्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077