Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • युएईले जित्यो एसीसी महिला च्याम्पियनसिपको उपाधि

    युएईले जित्यो एसीसी महिला च्याम्पियनसिपको उपाधि

    अनलाइन नेपाल
  • शनिबार, ११ असार २०७९
  • 915
    SHARES

    एजेन्सी । युएईले एसीसी महिला टी ट्वान्टी च्याम्पियनसिपको उपाधि जितेको छ । मलेसियाको किनरारा ओभलमा शनिबार भएको फाइनलमा आयोजकलाई ५ विकेटले हराएर युएईले उपाधि जितेको हो ।

    मलेसियाले जितका लागि दिएको १ सय १ रनको लक्ष्य यूएईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो । यूएईका थिर्था सतिसले ५५ रनको अर्धशतकीय पारी खेलिन् । त्यस्तै खुसी शर्मा १३ रनमा अविजित रहिन् । मलेसियाका मास इलिसा, एइसा इलिसा र निक नुरले एकरएक विकेट लिइन् ।



    यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय रन बनाएको थियो । उसका एन्ना हसिमले अविजित २८ रन तथा नुर अरिनाले २५ रन जोडे ।



    वान जुलियाले २० रन बनाइन् । यूएईका इन्धुजा नन्दकुमारले २ विकेट लिइन् । हिजो भएको सेमिफाइनलमा हङकङलाई हराउँदै मलेसिया फाइनलमा पुगेको थियो । त्यस्तै पहिलो सेमिफाइनलमा यूएई समूह विजेताको रुपमा फाइनलमा पुगेको हो । मलेसिया र युएई एसिया कपको लागि छनोट भएका छन् । यस वर्ष हुने एसिया कप कहाँ र कहिले भने निर्धारण हुन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार