Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा खड्का मनोनित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा पार्टी उपसभापति पूर्णबहादुर खड्का मनोनित भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान अनुसार गठन हुने उक्त प्रतिष्ठानमा खड्कालाई मनोनित गरेका हुन् ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३६ (१) (क) बमोजिम सभापति देउवाद्वारा उपसभापति खड्कालाई विधानको धारा ३६ र नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ३३ बमोजिम गठन हुने प्रतिष्ठानको प्रमुखमा मनोनयन गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077