Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सबै परिवर्तन राजनीतिबाट सम्भव छ, अब प्रत्यक्ष चुनाव लड्छु : विनोद चौधरी

काठमाडौं । उद्योगी एवं सांसद विनोद चौधरीले आगामी निर्वाचन प्रत्यक्ष लड्ने घोषणा गरेका छन् । शुक्रबार ललतिपुरमा सञ्चारकर्मीहरुसँगको भेटमा उनले आगामी निर्वाचन प्रत्यक्ष लड्ने तयारी गरिरहेको बताएका हुन् ।

प्रतिनिधिसभामा हाल कांग्रेसबाट हाल समानुपातिक सांसद रहेका चौधरीले अब पुनः समानुपातिकबाट सांसद नबन्ने बताए ।

‘म प्रत्यक्ष चुनाव लड्ने मनसायले लागिरहेको छु,’ उनले भने, ‘अन्तिम निर्णय त पार्टीले नै गर्ने हो । तर, पार्टीसँग सल्लाह हुन्छ । यो पक्का हो, फेरि समानुपातिकमा आउने छैन ।’ उनले अबको प्राथमिकता राजनीति नै भएको स्पष्ट पारे ।

‘त्यसकारण मैले महाधिवेशनमा वडाबाटै चुनाव लडेको हुँ । अब ब्याकडोरबाट राजनीति गर्ने प्रश्नै छैन । फ्रन्टलाइनबाटै राजनीतिमा आउँछु ।’ सबै परिवर्तन राजनीतिबाट सम्भव भएकाले आफू राजनीतिमा आएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077