Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • आईजीपी सिंहद्धारा प्रहरीको केनाइन कार्यालय र विधिविज्ञान प्रयोगशाला निरीक्षण

    आईजीपी सिंहद्धारा प्रहरीको केनाइन कार्यालय र विधिविज्ञान प्रयोगशाला निरीक्षण

    अनलाइन नेपाल
  • शुक्रबार, १० असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी केनाइन कार्यालय र नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला महाराजगंजको निरीक्षण गरेका छन् ।

    उनले शुक्रबार छुट्टाछुट्टै कार्यक्रमबीच केनाइन कार्यालयस्थित व्यारेक, मेश, डग क्यानन, प्रयोगशाला र हर्श स्टेबल अवलोकन गर्नुका साथै कार्यालयबाट भएका गतिविधि एवं दैनिक काम कारबाहीबारे जानकारी लिएका हुन् ।



    निरीक्षण पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले जटिल अपराधहरुको सफल अनुसन्धानमा केनाइन कार्यालयले दिँदै आएको योगदान महत्वपूर्ण रहेको बताए ।



    अपराध अनुसन्धानमा मात्र होइन भीआइपी सुरक्षा, विमानस्थल सुरक्षा, विपद्को समयमा हुने उद्दार व्यवस्थापन लगायतमा केनाइन कार्यालयले पुर्‍याएको योगदानको चर्चा गर्दै उनले भने, ‘निरीक्षणको उद्देश्य केनाइन कार्यालयको भौतिक पूर्वधारको साथै कर्मचारीको वृत्ति विकास, क्षमता अभिवृद्धिलाई अझ उन्नत बनाउन पहल गर्नु हो ।’

    केनाइन कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. देउती गुरुङले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा प्रहरी सेवामा सेवारत विभिन्न विषयका कुकुरहरुबाट प्रहरी कार्यमा हुने सहयोग सम्बन्धी प्रदर्शनी समेत गरिएको थियो ।

    यसैगरी नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशालाको निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक सिंहले विविध विषयका प्रयोगशालाहरु अवलोकन गर्नुका साथै प्रयोगशालाबाट भएका गतिविधि एवं दैनिक काम कारबाहीबारे जानकारी लिएका छन् ।

    निरीक्षण पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले अपराधका नयाँ तरिका वृद्धि भइरहेको अहिलेको अवस्थामा सबुद प्रमाणित गर्न प्रयोगशालाको योगदान महत्वपूर्ण हुने बताए । प्रयोगशालालाई आधुनीकिकरण गर्न नयाँ प्रविधि र जनशक्ति विकासमा जोड दिइने उनले उल्लेख गरे ।

    कार्यक्रममा उक्त प्रयोगशालाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राकेश कुमार सिंहले प्रयोगशालाको गतिविधि, चुनौती तथा समस्याहरु एवं आगामी योजना सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

    दुवै कार्यालय निरीक्षणका क्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत प्रहरी अधिकृत तथा जवानहरूको समेत उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार