Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • रवि लामिछानेमाथि तीन करोड ठगीको आरोप

    रवि लामिछानेमाथि तीन करोड ठगीको आरोप

    अनलाइन नेपाल
  • शुक्रबार, १० असार २०७९
  • 999
    SHARES

    काठमाडौं । केही दिन अघि मात्रै नयाँ पार्टी घोषणा गरेका रवि लामिछानेमाथि तीन करोड भन्दा बढी ठगी गरेको आरोप लागेको छ । सञ्चार पेशा छाडेर भर्खरै मात्रै राजनीतिमा प्रवेश गरेका उनले ‘नेपाल स्वतन्त्र पार्टी’ नामक दल दर्ताको प्रकृया शुरु गरेका छन् । यद्यपी उनको पार्टीको नामलाई लिएर निर्वाचन आयोगमा दुईवटा उजुरी भने परेको छ ।

    लामिछानेले न्युज २४ टेलिभिजनमा हुँदै रियालिटी शो ‘द लिडर’ प्रशारण गर्ने घोषणा गरेका थिए । न्युज २४ छाडेर लामिछानेले २०७७ फागुन ११ गते ग्यालेक्सी फोरके टेलिभिजन ल्याउने घोषणा गरे । उक्त कार्यक्रम पनि ग्यालेक्सी फोरकेबाटै प्रशाण हुने बताइएको थियो ।



    ‘द लिडर’को अडिसन सात वटै प्रदेश र विदेशमा बस्ने नेपालीहरुको लागि खुलाइएको थियो । ‘एसआरबिएन’ मिडियाले उक्त कार्यक्रमको पहिलो अडिसन चितवनमा हुने सार्वजनिक सूचनासमेत जारी गरेको थियो ।



    तर, अहिलेसम्म उक्त रियालिटी शो प्रशारण नभएको र शोमा सहभागी हुन आवेदन दिएकाहरुबाट लामिछानेले तीन करोड बढी गठी गरेको आरोप लगोको हो ।

    कैलालीको जानकी गाउँपालिका–५ का आदित्य न्यौपानेले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखेर लामिछानेसँग हिसाब मागेका छन् ।

    न्यौपानेले असार २ गते फेसबुकमा लामिछानेले भनेको त्यतिबेलाको कुरा सम्झैदै स्ट्याटसमा लेखेका छन्– ‘समाज र वर्तमान पुस्ताले सोचेको अनि खोजेको नेतृत्व ल्याउन यसले महत्वपूर्ण भूमिका खेल्ने भनेर लामिछानेले सार्वजनिक रुपमा भनेका थिए ।’

    नाम दर्ताको निम्ति एक हजार रुपैयाँ तिरेर फारम भरेको न्यौपानले बताएका छन् । उनले लेखेका छन्–‘लामिछानेले नयाँ कार्यक्रम ल्याउने सुनेपछि फाराम भर्नेको भीड थामिनसक्नु भयो । तर, अहिलेसम्म न कार्यक्रम सञ्चालनमा आयो, न हजार रुपैयाँ नै फिर्ता पाएँ ।’

    ‘आजभन्दा करिब दुई वर्षअगाडि रवि लामिछाने न्युज २४ मा छँदै ‘द लिडर’ कार्यक्रम गर्ने भनेर उद्घोष गर्नुभयो। सोहीअनुसार मैले आफ्नो नाम रजिस्टर गरेँ। तर १००० रूपैयाँ तिर्नुपर्न रैछ, त्यो नि गरेँ। आजसम्म उक्त कार्यक्रम सञ्चालनमा आएको छैन। रवि लामिछानेले ग्यालेक्सी फोरके नि छाड्नुभएछ। ग्यालेक्सी फोरकेमा फोन गर्दा हामीलाई केही थाहा छैन भन्नुभयो।’

    न्युज २४ छाडेर ग्यालेक्सीमा गएपछि फोन सम्पर्क गरेको न्यौपानेले बताएका छन् । आफूले पटक पटकको फोन सम्पर्कमा ‘हामीलाई थाहा छैन’ भन्ने जवाफ पाएको उनको भनाइ छ । उनले आफ्नो मात्रै नभइ हजारौं युवाको पैसा डुबेको बताएका छन् ।

    रवि लामिछाने र उनको समूहले चलाखीपूर्ण तरिकाले पैसा बुझेको रसिदसमेत नदिएको उनको आरोप छ । नामको पछाडि लाग्दा पैसा डुबेकोमा उनले अहिले आएर दुःख मनाउ गरेका हुन् ।

    उनले अगाडि लेखेका छन्– ‘मेरो रजिस्ट्रेसन नम्बर ३०४७१ हो । अर्थात् ३०४७१×१०००=३०४७१००० रकम हुन आउँछ । मभन्दा पछाडि नि सायद हजारौंले नाम दर्ता गराएका होलान् । अब हामी सबैको पैसाको जिम्मा कसले लिने ? तर यहाँनिर एउटा चलाखी रवि लामिछानेले गर्नुभयो । पैसा बुझाएको प्रमाण कतै दिइएन । रजिस्ट्रेसन नम्बर मात्र दिनुभयो । रवि लामिछाने नाम नै काफी थियो, त्यही भएर कुनै शंका लागेन । तर अहिले न कार्यक्रम हुँदैछ न त पैसा फिर्ता ।’

    उनले भनेजस्तो ३० हजारभन्दा बढी मानिसले हजार रूपैयाँ तिरेर रजिस्ट्रेसन गरेका हुन् भने तीन करोडभन्दा बढी रकम आयोजकले उठाएको देखिन्छ ।

    ‘द लिडर’ कार्यक्रमका प्रस्तोता लामिछानेले सञ्चालन गर्ने पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की, पूर्व पत्रकार तथा नेता रविन्द्र मिश्रलगायत ५ जना निर्णायकमा रहने घोषणा गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार