धनगढी । कैलालीमा सात गोरुगाडासहित ३० थान सालको गोलिया बरामद भएको छ। बर्दगोरिया गाउँपालिका ३ रानीकुन्डाबाट शुक्रबार बिहान गोरुगाडामा लोड गरेर ल्याउँदै गरेको २१९ ९० क्युफिट काठ बरामद गरिएको वन कार्यालयले जनाएको छ।
सब डिभिजन वन कार्यालय साँडेपानीको गस्ती टोलीले गोरुगाडासहित सो काठ पक्राउ गरेको हो। त्यसमा संलग्न तीन जना पक्राउ परेका छन्।
डिभिजन वन प्रमुख गोकुल रिजालले पक्राउ पर्नेमा बर्दगोरिया ६ विशालनगर बस्ने दीर्घ बिक, रमेश बिक, अर्जुन बिक रहेको जानकारी दिए।
त्यसमा संलग्न चार जना फरार रहेको जनाइको छ। बरामद गरिएको काठ, गोरुगाडा सब डिभिजन वन कार्यालय बर्दगोरियामा राखिएको छ। पक्राउ परेकालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि धनगढी चलान गरिएको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ।
Leave a Reply