Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • १३ अंकले बढ्यो नेप्से परिसूचक

    १३ अंकले बढ्यो नेप्से परिसूचक

    अनलाइन नेपाल
  • शुक्रबार, १० असार २०७९
  • 846
    SHARES

    फाइल फोटो

    काठमाडौं । शुक्रबार २ घण्टा मात्र खुलेको बजारमा नेप्से परिसूचक १३ अंकले बढेको छ ।

    यस दिन नेपाल स्टक एक्सचेन्ज नेप्से सूचक १३.७८ अंकले बढ्दै १८६२.०६ अंकमा उक्लिएको हो ।



    अन्तिम समय (१ बजे) सम्ममा ३५ लाख ४१ हजार कित्ता सेयर २२ हजारभन्दा बढी पटक बजारमा किनबेच भएर शुक्रबार १ अर्ब १५ करोड १२ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



    आज म्युचुअल फन्ड बाहेक अन्य सबै उपसूचकहरु धनात्मक (पोजेटिभ) भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक १.९१ प्रतिशतले बढेको छ भने आज माइक्रोफाइनान्स समूहको उपसूचक ०.८ प्रतिशतले मात्र बढेको छ । यता म्युचुअल फन्डको उपसूचक भने आज ०.६७ प्रतिशतले घट्न पुगेको छ ।

    यस दिन न्यादि हाइड्रोपावर कम्पनीका लगानी कर्ताहरूले १० प्रतिशतले कमाएका छन् भने आँधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले ७.८८ प्रतिशतले गुमाएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार