Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माधव र झलनाथलाई योगेशको प्रश्न- 'आत्मबोध र पश्चाताप : सिर्फ कहिले?'

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाललाई आत्मबोध र पश्चताप : सिर्फ कहिले?' भनेर प्रश्न गरेका छन्।

पार्टीभित्र अहिलेको अवस्था देख्दा पार्टी विभाजन नगर्न आफूले नेता नेपाललाई गरेको आग्रह स्मरण भइरहेको पनि बताएका छन्। पार्टी विभाजन भए कुनै दिन परिस्थिती तपाईंको काबुभन्दा बाहिर जान्छ भन्ने आफूले स्मरण गराएको उनले बताएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले आफूहरूले उतिबेलै चिनेका खेलाडीहरू नेता नेपाल र खनालले बिस्तारै चिन्दै जाने भट्टराईको भनाई छ।

'उ बेला मैले पार्टी विभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनय, विनय र एमाले विभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षडयन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहि भन्दा पनि उहाँले नमाने पछि कुनै दिन परिस्थिती तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर वहाँबाट छुट्टिएको पलको स्मरण भइरहेको छ', उनले लेखेका छन्, ' हेर्दै जाउँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरु कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले बिस्तारै चिन्दै जानुहुनेछ। आत्मबोध र पश्चताप : सिर्फ कहिले?'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077