Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नवलपरासीका दुई जना मिटरब्याजी साहु पक्राउ

रूपन्देही । नवलपरासीका दुई जना मिटरब्याजी साहुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी प्रतापपुर गाउँपालिका बेलाटारीका सुनिल बानियाँ र जगदीश बानियाँ रहेका छन् ।

स्थानीयलाई ऋण दिएका दुई साहुलाई बिहीबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

उनीहरूसँग ऋण लिएका ४० जनाले काठमाडौं पुगेर आन्दोलन गरेका थिए । आफूले लिएको ऋणको मिटरब्याजसरह ब्याज लिएर उठिबास बनाएको भन्दै नवलपरासीका प्रतापपुर र सुस्ता गाउँपालिकाका ४० बढी ऋणीले ८ दिनदेखि काठमाडौंमा आन्दोलन गर्दै आएका छन् ।

ऋणीहरुले तोकिएको ऋणभन्दा बढी बुझाएको रकम फिर्ता हुनुपर्ने र रकम दिन नसकेर साहुले लिएको जग्गा फिर्ता हुनुपर्ने माग राखेका छन् । उनीहरुले आफूले लिएको रकमको सात गुणा बढी तिरिसक्दा पनि अझै बाँकी रहेको भन्दै भएको जग्गा पनि हड्पन खोजेपछि आन्दोलन गर्नुपरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077