Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दुई वर्षअघि साथीको हत्या गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । दुई वर्षअघि साथीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ मैजुबहाल घर भएका विवेक मल्ल रहेका छन् ।

२५ वर्षीय मल्ललाई जिप्रका उदयपुरसँगको समन्वयमा कटारीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । बिबेकले २०७७ जेठमा गौशाला एरियामा मोरङको सुन्दरहरैचा घर भएका उज्जवल काफ्लेको हत्या गरेको आरोप छ ।

कुमारीगाल बस्ने २० वर्षीय उज्ज्वललाई आरोपीले ‘मेथाडोन’ नामक लागु औषध धेरै खुवाएर हत्या गरेको भन्दै पिडित परिवारले किटानी जाहेरी दिएका छन् ।

मृतकलाई आफुले ‘मेथाडोन’ दिएको बिवेकले प्रहरीसँग स्विकार गरेका छन् । लागु औषध खाएपछि अस्पतालमा उनको मृत्यु भएको थियो । हत्यामा संलग्न आरोपी मल्ल कटारीमा मामाघरमा लुकेर बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077