Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

आजको मौसम : प्रदेश १, मधेश, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं । हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

अन्य भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व(पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जसकारण काठमाडौंसहित वाग्मती र प्रदेश-१ का धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । शुक्रबार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बाँकी प्रदेशका केही स्थानहरुमा पनि यस्तै सम्भावना छ। यसैगरी, प्रदेश १ को एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्यदेखि पुर्ण बदली रही बाँकी भू(भागहरूमा आंशिकदेखि सामान्य बदली रहने विभागको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077