Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्री पद बर्खास्तीको मागसहित पर्यटनमन्त्री आलेविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । मन्त्री पद बर्खास्तीको मागसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ताद्धय किशोर पौडेल र अनुपम भट्टराईले बिहीबार सर्वोच्च अदालतमा उक्त रिट दायर गरेका हुन् ।

सुरुमा सर्वोच्च प्रशासनले रिट दरपिठ गरेको थियो । दरपिठविरुद्ध इजलासमा निवेदन दिएपछि न्यायाधीश टंक मोक्तानको इजलासले दर्ता गर्न आदेश दिएको थियो ।

सुर्वोच्चमा दायर गरिएको रिट अश्लिल गाली गलौजको विषयमा उनलाई मन्त्रिका रुपमा काम गर्न र आगामी निर्वाचनमा प्रतिस्पर्धा समेत गर्नबाट रोक्नु पर्ने उल्लेख छ ।

रिटको पहिलो पेशी शुक्रबारका लागि तोकिएको छ । आलेले नेपाल बायु सेवा निगमका तत्कालिन कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अश्लिल गाली गलौज गरेको अडियो भाइरल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077