Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • न्यायाधिश नियुक्ति नै गलत ढंगले हुने भएकाले विकृति बढ्दै गएको कानुनमन्त्री बन्दीको भनाई

    न्यायाधिश नियुक्ति नै गलत ढंगले हुने भएकाले विकृति बढ्दै गएको कानुनमन्त्री बन्दीको भनाई

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । घुस लेनदेनको विषयमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीचको कुराकानीको अडियोबारे छानबिन भइरहेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले बताएका छन् ।

    न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घुस लेनदेनबारे कुराकानी भएको अडियो बुधबार सार्वजनिक भएको थियो ।



    बिहीबार यसै विषयमा संघीय संसद भवनमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री बन्दीले सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको बताएका हुन् ।



    न्यायाधिशको नियुक्ति नै गलत ढंगले हुने भएकाले न्यायालयमा विकृति र विसंगति बढ्दै गएको उल्लेख गर्दै मन्त्री कोइरालाले त्यसलाई हटाउनका लागि सरकारले निर्देशिका बनाउने काम अघि बढाएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार