Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

न्यायाधीश र अधिवक्ताबीचको घुस डिलको अडिओ प्रकरण सदनमा प्रवेश

काठमाडौं । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा न्यायाधीश र अधिवक्ताबीचको घुस डिलको अडिओ प्रकरणले सदनमा समेत प्रवेश पाएको छ ।

विशेष समयमा सांसद लीलादेवी सिटौलाले न्यायाधीश र अधिवक्ताबीचको घुस लेनदेनको विषय सार्वजनिक भएपछि नेपालको न्यायालय कस्तो छ भनेर जनताले देख्ने गरी बाहिरिनु दुःखद भएको बताइन् ।

उक्त घटनाले मुलुकको न्यायालयको अवस्था छर्लङ्ग पारेको भन्दै सांसद सिटौलाले राज्यको कोषबाट तलबभत्ता बुझ्नेहरू सेटिङमा पैसा कमाउन लागेको आरोप लगाइन् ।

यस्ता गम्भीर विषयमा सबै सांसदहरू, सरकार र प्रतिपक्षको रूपमा विभाजित नभइ सिङ्गो आवाज बन्नुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077