Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दिनमा होइन केहि घन्टामा मन्त्री हेरफेर हुन्छ : प्रवक्ता खतिवडा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ताले छिट्टै मन्त्रिपरिषद पुनर्गठन हुने बताएका छन्।

सरकारमा पार्टीबाट सहभागी रहेका मन्त्री फिर्ता आउने र ती ठाउँमा पार्टीले यसअघि निर्णय गरेअनुसार नयाँ मन्त्री पठाइने उनले बताए।

पार्टी कार्यालय आलोकनगरमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले पार्टीले मन्त्री फेर्ने निर्णय गरेकोले अब त्यो कार्यान्वयन हुने बताएका थिए।

‘मन्त्री फेर्ने पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्छ। दिनमा होइन घन्टामा मन्त्री हेरफेर हुन्छ,’ उनले भने, ‘कसले कहाँ कोसँग छलफल गर्‍यो भन्ने व्यक्तिगत कुरा हुन्। पार्टीले मन्त्री फेर्ने निर्णय गरेकोले त्यसअनुसार मन्त्री परिवर्तन हुने हो।’

उनले पार्टीका नेताहरूलाई छ महिनाका लागि मन्त्री पदमा पठाइएको र अहिले आठरनौ महिना भइसकेको उनले बताए।

‘मन्त्री भन्ने चिज चीरस्थायी होइन। स्थायी सरकार भए पाँच वर्ष हो,’ उनले भने, ‘आठरनौ महिना भयो उहाँहरू मन्त्री भएको। बिदा गर्नुपर्ने स्थिति आयो। कसैले विद्रोह गर्छु भनेको छैन।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077