Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सप्तरीमा यात्रुबाहक बस बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सप्तरी । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको यात्रुबाहक बस अचानक अनियन्त्रित भएर सडकभन्दा २० फिट तल खस्दा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कंकालिनी मन्दिर र कोशी व्यारेजको बीचमा ना.५ख १८९८ नम्बरको बस पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा नाम र ठेगाना खुल्न नसकेका अन्दाजी ५५ बर्षीया महिलाको घट्नास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

बसमा सबार ११ जना घाइते भएका छन् । घाइतेमध्येृ ६ जनाको भारदह अस्पतालमा र ५ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077