Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • यौन हिंसामा परेका महिलाहरुलाई क्षतिपूर्ती रकम राज्य कोषबाट दिनु पर्नेमा जोड

    यौन हिंसामा परेका महिलाहरुलाई क्षतिपूर्ती रकम राज्य कोषबाट दिनु पर्नेमा जोड

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 867
    SHARES

    काठमाडौं । बलात्कार तथा यौन हिंसामा परेका महिलाहरुलाई क्षतिपूर्ती रकम राज्यको कोषबाट दिने व्यवस्था गर्नु पर्ने माग उठेको छ ।

    संसदको कानून, न्याय तथा मानवअधिकार समितिका सदस्यहरुले पीडकलाई कारबाही र जरिवाना गरेपछि जरिवानाको रकम पीडितलाई दिने भन्दा उसको आत्मसम्मानमा आँच पुग्न सक्ने बताएका छन् ।



    बैठकमा सभापति कृष्णभक्त पोखरेल जरिवानाको पैसा पीडितलाई दिँदा पीडकले मेरो पैसा खाएकी छे, त्यही पैसाले घर बनाएकी छे, जग्गा लिएकी छे भन्ने प्रवृत्ति देखिएको बताए ।



    समिति सदस्य बिन्दा पाण्डले पीडित महिला तथा बालबालिकाको शिक्षा, स्वास्थ्य, रोजगारीको जिम्मा राज्यले लिनुपर्ने बताइन् । उनले पीडकलाई भविष्यमा पनि कुनै सार्वजनिक पदमा रहन अयोग्य हुने व्यवस्था गर्नु पर्ने बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार