Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • माओवादीसँगै अन्य शक्तिहरुलाई जोड्न भन्दै ४ नेताले छाडे विप्लवको साथ

    माओवादीसँगै अन्य शक्तिहरुलाई जोड्न भन्दै ४ नेताले छाडे विप्लवको साथ

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 609
    SHARES

    धनगढी । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटव्युरो सदस्य सेती-महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका चार नेताले सामूहिक राजीनामा दिएका छन् ।

    जनयुद्धको जगमा खडा भएर विभाजित अवस्थामा रहेको माओवादी धारलाई एकीकृत गर्ने भन्दै पुनसहित पूर्वकेन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर खड्का, नवौँ महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी र पूर्व दार्चुला तथा कञ्चनपुर इन्चार्ज एवम् विशेष कमिटी सदस्य रमेश परियारले सामूहिक राजीनामा दिएका हुन् ।



    सदन र सरकारको मोर्चामा कम्युनिष्ट क्रान्तिकारी एकताबद्ध र बलियो हुन सकेनन् भने सम्राज्यवादीहरूले देश खाने स्थिति सिर्जना हुने भएकाले सबैलाई एकताबद्ध गर्न अभियान थालेको उनिहरुले बताए ।



    आफुहरु माओवादी केन्द्रमा प्रवेश गर्ने विषयमा पनि छलफल जारी रहेको भन्दै निष्कर्षमा पुगिनसकेको बताए । माओवादीसँगै अन्य शक्तिहरुलाई समेत जोड्दै लैजाने आफूहरूको योजना रहेको बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार