Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • काठमाडौंमा धारा र ट्युवबेलको पानीबाट हैजा संक्रमण भएको पुष्टि

    काठमाडौंमा धारा र ट्युवबेलको पानीबाट हैजा संक्रमण भएको पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंमा धारा र ट्युवबेलको पानीबाट हैजा संक्रमण भएको पुष्टि भएको छ ।

    आइतबार हैजा संक्रमण पुष्टि भएका बागबजारका दुई महिलामा पानीबाट हैजा संक्रमण भएको पुष्टि भएको हो ।



    काठमाडौंको बागबजारबाट उनीहरूले पिउने पानीको नमुना परीक्षण गर्दा ‘फिकल इकोली’नामक जीवाणु भेटिएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले जानकारी दिए ।



    फिकल इकोली मानिसको दिसामा रहने संक्रामक जिवाणु हो । अधिकारीकाअनुसार उनीहरूले धारा र ट्युवबेलबाट आएको पानी संकलन गरेर राख्ने गरेको र नउमालि पिउने गरेको पाइएको छ ।

    आइतबार हैजा संक्रमण पुष्टि भएका उनीहरू एकै परिवारका दिदीबहिनी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार