Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • प्रधानसेनापति शर्मा र लेवनानका राष्ट्रपति अउनबीच शिष्टाचार भेटवार्ता

    प्रधानसेनापति शर्मा र लेवनानका राष्ट्रपति अउनबीच शिष्टाचार भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । लेवनान पुगेका प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रपति मिसेल अउनसँग शिष्टाचार भेटवार्ता गरेका छन् । नेपाली शान्ति सैनिकहरूको काम अवलोकन गर्न त्यहाँ पुगेका प्रधानसेनापति शर्माले आज राष्ट्रपति अउनसँग शिष्टाचार भेट गरेका हुन् ।

    उक्त भेटवार्ताको क्रममा लेवनानद्वारा नेपाली शान्ति सैनिकहरूको योगदान, विशेषगरी त्यहाँको शान्ति स्थापनाका लागि ३१ जना नेपाली शान्ति सैनिकहरूले गरेको बलिदानको प्रशंसा गरेको नेपाली सेनाले जनाएको छ ।



    राष्ट्रपति अउनले लेवनानी स्थानीय समुदाय र नेपाली शान्ति सैनिकहरूबीच उत्कृष्ट सम्बन्ध, पर्यावरण संरक्षण र अन्य सामुदायिक परियोजनाहरूमा नेपाली शान्ति सैनिकहरूले पुर्‍याएको योगदानको समेत उच्च प्रशंसा गरेको सेनाले जनाएको छ ।



    सोही क्रममा प्रधान सेनापति शर्माले नेपालका राष्ट्रपतिको तर्फबाट लेवनानका राष्ट्रपति तथा सम्पूर्ण लेवनानी जनतालाई पठाएको सद्भावना सन्देश जानकारी दिएका थिए । शर्मा असार ४ मा लेवनान प्रस्थान गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार