काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान विजुक्छेँलाई पत्नीशोक परेको छ।
उनकी पत्नी शोभा प्रधानको उपचारका क्रममा बुधबार अपराह्नमा निधन भएको हो।
लामो समयसम्म शिक्षण पेशामा आवद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो। त्यतिबेला क्यान्सर निवारण भए पनि केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उनी उपचाररत थिइन्।
उनको नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा उपचारकै क्रममा निधन भएको हो।
Leave a Reply