जनकपुरधाम । मधेश प्रदेशमा पहिलो पटक मधेश प्रदेश युवा महोत्सव हुने भएको छ ।
महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयले यही असार १५ देखि १६ गतेसम्म दुई दिने महोत्सव हुन लागेको हो ।
महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले ‘समुन्नत मधेश प्रदेशका लागि साझा अठोट’ भन्ने नाराका साथ महोत्सवको आयोजना गर्न लागेको बताए ।
महोत्सवको उद्देश्य मधेशका युवाहरूको सीप र दक्षता पहिल्याउने, मधेश प्रदेशको सम्भावना, अवसर र चुनौतीका बारेमा सर्वपक्षीय विमर्श गर्ने, मधेश प्रदेशलाई देशकै विशिष्ट प्रदेश बनाउनका लागि पहलकदमी लिनेलगायतको रहेको बताए ।
Leave a Reply