Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • फोनमा कुरा सुनिदिएको मात्रै हो, फट्याइँ गरेको छैन : न्यायाधीश कोइराला

    फोनमा कुरा सुनिदिएको मात्रै हो, फट्याइँ गरेको छैन : न्यायाधीश कोइराला

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 1K
    SHARES

    काठमाडौं । कानून व्यवसायीसँगको घुसवारेको अडियो विवादमा मुछिएका जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालाले आफूले घुस खाने नियत नराखेको दावी गरेका छन् ।

    उनले कानून व्यवसायी रुद्र पोखरेलले आफूलाई झुक्याएर फोन गरेको र बारम्बार आफ्नो कुरा सुनिदिन आग्रह गरेकाले फोनमा कुरा गरेको बताए ।



    सिभिल वचत तथा ऋण सहकारी संस्थाका तत्कालिन अध्यक्ष इच्छाराज तामाङको मुद्दाको विषयमा अधिवक्ता पोखरेल र न्यायाधीश कोइरालाबीच घुस लेनदेनको विषयमा भएको संवाद हालै सार्वजनिक भएको छ । न्यायाधीश कोइरालाले भने आफुले कुरा सुनिदिएको मात्र बताए ।



    न्यायाधीश कोइरालाका अनुसार, इच्छाराज तामाङ लगायतका आरोपित जोडिएको सिभिल सहकारीको मुद्दामा धेरै जनाको दबाव थियो । धेरैले फोन गरेपछि उनले स्वीच अफ गरेर आफू बसेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार