Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भीमफेदी कारागारका कैदीको मृत्यु

मकवानपुर । भीमफेदी कारागारमा कैद सजाय भोगिरहेका एक जनाको मृत्यु भएको छ ।

लागुऔषध कारोबारमा पक्राउ परेका हेटौंडाका ३४ वर्षका युवकको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

२०७६ साल जेठ २ गतेदेखि लागूऔषध मुद्दामा मकवानपुरको भीमफेदी कारगारमा कैदी जीवन बिताइरहेका हेटौंडा—२ का मिलन परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भीमफेदी कारागारका सुरक्षागार्ड मओसेतु गुरुङका अनुसार ७ वर्षका लागि कैदी तोकिएको परियारलाई मंगलबार अचानक छाती पोल्ने र दुख्ने समस्य देखिएको थियो ।

स्वास्थ्यमा समस्या देखिए लगत्तै उनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा लगिएको थियो ।

स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि परियारलाई थप उपचारका लागि हेटौंडा अस्पताल रिफर गरेको थियो ।

उपचारका लागि हेटौंडा अस्पताल ल्याउने क्रममा नै परियारको मृत्यु भएको प्रहरीको भनाई छ । परियारले ७ वर्ष तोकिएको कैद सजायमध्ये ३ वर्ष बिताइसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077