Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्री हेरफेर तुरुन्तै कार्यान्वयन गर्नुपर्यो भनेर निर्णय भएको छ : झलनाथ खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री हेरफेरसम्बन्धी पार्टीले यसअघि नै गरेको निर्णय अब चाँडै नै कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

खनालले नेकपा एसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू बदल्ने पार्टीको निर्णयलाई बेवास्ता भएको भन्दै बुधबार बासेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले तत्काल कार्यान्वयन गराउन लगाउने निर्णय भएको खनालले बताए ।

‘आज सचिवालयको बैठक बसेको थियो चाँडै नै पोलिटब्युरो बैठक, केन्द्रीय समितिको बैठक, केन्द्रीय परिषद्को बैठकको तयारीको विषयका छलफल गर्‍यौँ,’ ‘यसबाहेक मन्त्रिपरिषदमा हाम्रो टिम बदल्ने भनेर निर्णय गरेका छौं । त्यो निर्णयलाई सरकारले अहिलेसम्म किन कार्यान्वयन गरेका छैन, तुरुन्तै कार्यान्वयन गर्नुप¥यो भनेर निर्णय भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077