काठमाडौं । घूस लेनदेनको अडियो प्रकरणमा जोडिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई कार्यसम्पदानमा रोक लगाइएको छ ।
न्यायपरिषद्को बुधबार बसेको बैठकले उनीमाथि छानबिन प्रक्रिया पूरा नहुँदासम्म कुनै पनि कार्यसम्पादन गर्न नपाउने निर्णय गरेको हो ।
कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच घुस लेनदेनको अडियो रेकर्ड सार्वजनिक भएपछि न्यायपरिषद्को बैठक बुधबार बसेको थियो ।
बैठकले उक्त प्रकरण छानबिनका लागि परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
Leave a Reply