Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • बलात्कारको घटनालाई वर्गीकरण गर्नुपर्ने एमाले नेता झपट रावलको भनाई

    बलात्कारको घटनालाई वर्गीकरण गर्नुपर्ने एमाले नेता झपट रावलको भनाई

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 825
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद झपट रावलले लिभिङ टुगेदरको व्यवस्थामा स्पष्टता जरुरी रहेको बताएका छन् ।

    प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले कतिपयले लिभिङ टुगेदरमा बस्ने अनि बलात्कारको आरोप पनि लगाइदिने प्रवृत्ति देखिएको भन्दै यसमा देखिएको विकृति हटाउन जरुरी रहेको बताए ।



    ‘लिभिङ टुगेदरमा बस्ने पनि बलात्कार जस्ता जघन्य आरोप पनि लगाइदिने ?’, उनले भने, ‘यो त व्यवसाय जस्तो भयो ।’



    रावलले ३/४ वर्ष लिभिङमा बसेकाहरुले बलात्कारको मुद्दा दायर गरेको पाइएको पनि बताए । उनले बलात्कारको घटनालाई वर्गीकरण गर्नुपर्ने पनि बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार