Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • राज्यमन्त्री वलीको घटना छानबिन गर्न प्रदेश सरकारको टोली दाङमा

    राज्यमन्त्री वलीको घटना छानबिन गर्न प्रदेश सरकारको टोली दाङमा

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 873
    SHARES

    दाङ । विवादित लुम्बिनी प्रदेश स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्री वलीको घटनामाथि छानबिन गर्न प्रदेश सरकारले गठन गरेको टोली दाङ आएको छ ।

    मन्त्री वलीले तुलसीपुर उपमहानगरपालिका–५ स्थित एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती र पाँच बर्षकी छोरीलाई हातपात गरेकी थिइन् ।



    सोही घटनाबारे छानबिन गर्न बनेको समितिको टोली मंगलबार राति नै दाङ आएको हो । उक्त टोलीले घटनाबारे छानविन गर्न बुधबार प्रहरी र पीडित परिवारका सदस्यसंग कुराकानी गर्नेछन् ।
    राज्यमन्त्री वलीले भने वाईसिएल नेता एकराज बस्नेतसंग आफ्नो लेनदेन कारोबार रहेकाले यसै विषयमा कुराकानी गर्न उनको घरमा पुगेको बताएकी छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार