काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बुधबार दिउँसो ३ बजे बस्दैछ ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ ।
बैठकमा मन्त्रिपरिषद हेरफेर, संघीय र प्रदेशसभा निर्वाचनलगायतका विषयमा छलफल हुने बताइएको छ ।
नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेरका लागि एक हप्ताअघि नै मन्त्रीहरुको नाम पठाए पनि हालसम्म हेरफेर भएको छैन ।
यसै वर्ष संघीय र प्रदेशसभा निर्वाचन हुने भएकाले सत्तारुढ गठबन्धनको बैठकमा चुनावको मिति तोक्ने र गठबन्धनको विषयमा पनि छलफल हुन सक्ने नेताहरुले बताएका छन् ।
Leave a Reply