Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजार सुधारको माग राख्दै अनसन बसेका कोइराला भेट्न खुमलटार पुगे बालेन शाह

काठमाडौं । पुँजी बजारको सुधारका लागि १९ बुँदे मागपत्र जारी गर्दै आन्दोलनमा होमिएका तिलक कोइरालालाई भेटन् काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह खुमलटार पुगेका छन् ।

गत असार १ गतेदेखि धितोपत्र बजार (सेयर बजार) को स्थायित्व र सुधारको माग राख्दै धितोपत्र बोर्ड अघि आमरण अनसनमा बसेका कोइराला भेट्न बुधबार मेयर शाह पुगेका हुन् ।

पछिल्लो समय अनपेक्षित रुपमा सेयर बजारमा ठूलो गिरावट आएसँगै लगानीकर्ताहरु आन्दोलित भएका छन् ।

पुँजी बजारको सुधारका लागि १९ बुँदे मागपत्र जारी गर्दै आन्दोलनमा होमिएका लगानीकर्ताहरु मध्यका एक कोइराला विगत ८ दिनदेखि आमरण अनसनमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077