Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आयल निगमका कार्यकारी निर्देशक थानीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीविरुद्ध अख्तियार दुरुपयोग अनुसनधान आयोगमा उजुरी परेको छ ।

उनले ४० करोड भ्रष्टचार गरेको आरोपमा सोमबार अख्तियारमा परेको उजुरी दर्ता भएको हो ।

पेट्रोलियम पदार्थको पटक पटक मूल्यवृद्धि गर्दा स्टक क्लियरेन्स नगरी मूल्य बढाएर ४० करोड रुपैयाँ भ्रष्टचार गरेको भन्दै दामोदर रेग्मी उजुरी दर्ता गराएका हुन् ।

पहिला पेट्रोल पम्पहरुलाई प्रशस्त इन्धन उपलब्ध गराएर इन्धनमा चर्को मूल्यवृद्धि गर्दा त्यसको ठूलो लाभ पेट्रोल पम्प सञ्चालकहरुलाई हुने भन्दै आयल निगमका कार्यकारी निर्देशकको मिलेमतोबीमा उक्त कुरा संभव नहुने औंल्याएका छन् ।

अनियमितताको यथासिघ्र छानविन गरी दोषीमाथि कडा कारवाही हुनुपर्ने उनको भाग छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077