Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकीकृत समाजवादीले बोलायो केन्द्रीय परिषदको बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको समीक्षा गर्न पार्टीको विभिन्न तीन तहको कमिटीको बैठक बोलाएको छ ।

मंगलबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालयको बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी र केन्द्रीय परिषदको बैठक तय गरेको हो ।

उपाध्यक्ष केशवलाल श्रेष्ठका अनुसार १० गते पोलिटब्युरो, ११ गते केन्द्रीय कमिटी र १३, १४ मा केन्द्रीय परिषदको बैठक बोलाइएको छ।

केन्द्रीय परिषद्को बैठक भने एकीकृत समाजवादीले पहिलो पटक बोलाएको हो ।पहिलो पटक बस्न लागेको केन्द्रीय परिषद बैठकमा करिब १६ सयको उपस्थिति हुने छ ।

केन्द्रीय परिषद बैठकमा स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय कमिटी सदस्य, केन्द्रीय विभाग सदस्य, जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय सल्लाहार लगायतका सदस्य स्वतः सदस्य हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077