Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

खोलाले बगाउँदा डडेल्धुरामा एक बालकको मृत्यु

डडेल्धुरा । खोलाले बगाउँदा डडेल्धुरामा एक बालकको मृत्यु भएको छ ।

जिल्लाको परशुराम नगरपालिका वडा नं ११ कटौजाका केशव बोहराका ५ वर्षीय छोरा निराजनको विद्यालयबाट घर जाने क्रममा खोलामा बगेर मृत्यु भएको हो ।

पशुपतिनाथ आधारभूत विद्यालय ज्यामिरखालीबाट घर जाने क्रममा मंगलबार दिउँसो पातली खोलाले बगाउँदा उनको मृत्यु भएको सोही विद्यालयका प्रधानाध्यापक हरिदत्त जोशीले बताए।

खोलाले बगाउँदा अन्य दुई विद्यार्थी घाइते भएका छन्। घाइते हुनेमा सोही ठाउँका अन्दाजी १५ वर्षीय रेशम साउँद र १४ वर्षीय गोपाल साउँद रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077