Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्थानीय तहमै गएर नामावली दर्ता गर्ने कामलाई निरन्तरता दिन थापा र शर्माको आयोगलाई सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले मतदाता नामावली दर्तामै कष्ट बेहोर्नुपर्ने अवस्थाको अन्त्य गर्न माग गरेका छन् ।

थापा र शर्माले मंगलबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर ७७ वटै जिल्लामा मतदाता नामावलीमा नाम छुट भएका र भर्खरै १८ वर्ष पुगेकाहरूको हकमा नाम दर्ताकै लागि समेत लाइनमा बस्नुपर्ने र कष्ट बेहोर्नुपर्ने अवस्था रहेको भन्दै त्यसलाई सहजीकरण गर्न माग गरेका हुन् ।

आयोगसँग छलफलपछि महामन्त्री थापाले आयोगले असार १ गतेदेखि देशैभरि मतदाता नामावली दर्ता गरिरहेको भएपनि नाम दर्ताकै लागि नागरिकले भोग्नुपरेको कष्टलाई सहजीकरण गर्न आयोगको ध्यानाकर्षण गराएको जानकारी दिए ।

उनले स्थानीय तहमै गएर नामावली दर्ता गर्ने कामलाई समेत निरन्तरता दिन सुझाव दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077