Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लिपुलेकलगायतका सीमा विवाद कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्छ : एमाले नेता ज्ञवाली

काठमाडौं । पछिल्लो समय नेपालमा विश्वमा देखिएका भूराजनीतिक बदलाव र त्यसका बाछिटाहरू देखिन थालेको एमाले नेता प्रदीप ज्ञवाली बताएका छन् । मंगलबार काठमाडौंमा पूर्वराजदूतहरूको समूहले नेपालको परराष्ट्रमामिलाबारे गरेको अन्तरक्रियामा आफ्ना विचार राख्दै ज्ञवालीले यस्तो भनेका हुन् ।

भारत र चीनबीचको चिसिँदो सम्बन्ध र चीन र अमेरिकाबीचको व्यापार युद्धका बीचमा हामीले आफूलाई कसरी अगाडि बढाउने भन्ने चुनौती थपीएको उनले बताए ।

पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले भारतसँग कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमा विवाद सार्थक कूटनीतिक संवादमार्फत समाधान हुनुपर्ने समेत उनको भनाई थियो ।

सरकारले २०७७ साल जेठ ७ गते नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो । तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रूपमा सार्वजनिक गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077