एजेन्सी । तैरिरहेको रेष्टुरेन्टको रुपमा आफ्नो छुट्टै पहिचान स्थापित गरेको हङकङको एउटा रेष्टुरेन्ट डुबेको छ ।
झण्डै ५० वर्षदेखि बन्दरगाहमा सञ्चालन भइरहेको उक्त रेष्टुरेन्टलाई त्यहाँबाट डोरीमा बाँधेर तानिँदै गरेको अवस्थामा रेष्टुरेन्ट डुबेको हो ।
जम्बो रेस्टुरेन्ट अज्ञात स्थानतर्फ जाने क्रममा साउथ चाइना सागरमा डुबेको यसको मूल कम्पनीले जनाएको छ ।
एबरडीन रेस्टुरेन्ट इन्टरप्राइजेजले आफूहरु यो घटनाका कारण असाध्यै दुःखित भएको तर यो क्रममा चालक दलका कोही पनि सदस्य घाइते नभएको जानकारी दिएको छ ।
उक्त रेस्टुरेन्ट मार्च २०२० मा कोभिडको महामारीका कारण बन्द गरिएको थियो ।
Leave a Reply