काठमाडौं । काठमाडौं क्षेत्र नम्वर-४ मा युवा इन्जिनियर आकर्षण पोखरेलले संघीय निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् ।
आज यस क्षेत्रको कपनमा आयोजित एक कार्यक्रमका बीच पोखरेलले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।
सो क्रममा पोखरेलले आफूसँग विकासको एजेण्डा रहेको भन्दै कसैलाई गाली गरेर नेता बन्न नचाहेको बताए ।
काठमाडौं क्षेत्र नम्वर- ४ नेपाली काँग्रेसका महामन्त्री गगन थापाले जित्दै आएको क्षेत्र हो । यसै क्षेत्रमा गत संघीय निर्वाचनमा थापासँग एमाले नेता राजन भट्टराई पराजित भएका थिए ।
Leave a Reply