Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रवासी नेपालीहरुको मताधिकारबारे छलफल गर्न आयोग जाँदै गगन र विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचन आयोग जाने भएका छन् ।

आयोगको कार्यालय पुगेर उनीहरुले प्रवासी नेपालीहरुलाई मताधिकारको व्यवस्था मिलाउन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको ध्यानाकर्षण गराउन लागेका हुन् ।

आयुक्त थपलियालाई थापा र शर्माले बिहान ११ बजे भेट गर्ने कार्यक्रम तय भएको छ । विदेशमा रहेका नेपालीलाई मताधिकारको ब्यवस्था गर्नेबारे आयुक्तसँग छलफल हुने बुझिएको छ ।

महामन्त्रीद्वय थापा र शर्माले सोमबार उक्त विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए । सो भेटमा पनि दुवैले मताधिकार व्यवस्थाका लागि प्रधानमन्त्रीसमक्ष विषय राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077